Poem-2
मेरो जिन्दगीको यात्रा र मेरी सहयात्री
----------------------------------------------मेरो यो जिन्दगीको लामो यात्रा
त्यसको केहि क्षणको केहि पलका निम्ति
तिमी आयौ
सगैँ मेरो सहयात्री बनि
त्यो दिन,
जून दिन तिम्रो मेरो पहिलो भेट भएथ्यो
न तिमीले मलाई चिन्थ्यौ
न त मैलै तिमीलाई
तै पनि तिमीले आफू सँगै बस्ने
अनुमती मलाई दियौ।
आफ्नो आसपासमा मलाई ठाउँ दियौ
त्यस पलमा
न तिमी बाट केही प्रतिक्रिया आयो
न त म बाट,
हामी दुबै एक अर्कासंग अन्जान
तै पनि हामी पुरानो चिन्जान झै
एक अर्काको सहयात्री भएका थियौ।
हुन त तिमीले मलाई पहिलो पटक भेटेकी थियौ
मैले पनि तिमीलाई पहिलो पटक नै
थाहा छ मलाई
गन्तव्य पुगे पछि के हुन्छ;
न तिमीले मलाई चिन्नेछौ
न त मैलै तिमीलाई
हामीले संगै तय गरेको यात्राको पल
न त तिमीले याद राख्नेछौ
न त मैले
हाम्रो एक अर्काको सरिरको स्पर्ष
न तिमीलाई अनुभव रहने छ,
न त मलाई
तै पनि हामी पुरानो सम्बन्ध झै
सँगै यात्रा गरिरहेका छौ।
।।
हाम्रो यात्राको केहि पलमा
कैयौँ आए मोडहरु
अनि कैयौँ उतारचडावहरु
कहिले तिमी म तिर टासिन्थ्यौ
कहिले म तिमी तिर
तर तिमी र म अन्जान
।।
यस्तै यस्तै तवरले हाम्रो यात्रा बित्यो
हाम्रो गन्तब्य आयो।
हामीले यत्रो यात्रा सगैँ पार गर्यौँ
एक अर्काको साथी बनि,
एक अर्काको बिश्वाषी बनि,
एक अर्काको भरोसा बनि,
एक अर्काको सहारा बनि,
तर अफसोच
न त तिमीले मलाई चिन्यौ
न त मैले तिमीलाई
न त तिमीले एक शब्द म सँग बोल्यौ
न त मैले तिमी सँग
।।
अब हामी छुट्टिने छौ
अब हामी आआफ्नो बाटो लाग्ने छौ
थाहा छ मलाई
मेरो ठाउँ ओगट्न एउटा ठिटो दाउ हेर्दै छ,
मेरो र तिम्रो दुरी बढ्नासाथ ऊ तिमीसँग नजिकिने छ
तै पनि यसमा
न त म नै दुखी हुनेछु
न त तिमी नै दुखि हुनेछौ
न त म नै हर्षित हुनेछु
न त तिमी नै हर्षित हुनेछौ
।।
यत्तिकैमा तिम्रो र मेरो सहयात्रा सकियो।
हेटौडा बाट सुरु भएको हाम्रो साथ
चौबिसकोठीमा पुगेर टुड़्गीयो।
दुई घन्टाको सहयात्रा सकियो।
दाउ हेर्ने ठिटोले ठाउँ पायो।
र हाम्रो परिचय अपरिचित नै रह्यो।
No comments:
Post a comment