![]() |
गमलामा रोपिएको घिउकुमारी |
१) परिचय:
घिउकुमारी (एलोभेरा) सबैभन्दा पहिले देखि र सबैभन्दा धेरै प्रयोग गरिएको औषधिय गुण भएको वनस्पति हो। यसलाई सजिलै बगैंचा वा करेसाबारीमा उमार्न सकिन्छ। यसको पातमा रहेको भिटामिन र प्रोटिनको कारण यो मानव स्वास्थ्य र सौन्दर्य दुबैको लागि फाइदाजनक छ। यो वनस्पतिको उचाइ ६०-१०० सेमी सम्म हुन्छ। बाक्लो पात युक्त यो वनस्पतिको पात हरियो देखि खैरो हरियो रङको हुन्छ। यसको पातलाई तेर्सो काटेर हेर्दा बोक्रा, चोप तह, म्युसिलेज जेल र भित्री जेल गरि चारवटा तह देखिन्छ।
२) वर्गिकरण:
वनस्पतिक नाम: Aloe vera
नेपाली नाम: घिउकुमारी
अङ्ग्रेजी नाम: Aloe
Kingdom: Plantae
नेपाली नाम: घिउकुमारी
अङ्ग्रेजी नाम: Aloe
Kingdom: Plantae
Class: Monocotyledons
Family: Xanthorrhoeaceae
Genus: Aloe
Species: A. vera
Genus: Aloe
Species: A. vera
३) उत्पत्ति र वितरण:
घिउकुमारी पूर्व र दक्षिण अफ्रिका, क्यानरी टापु र स्पेनको आसपासका क्षेत्रबाट विकासित भएको मानिन्छ। यो वनस्पति दक्षिण पूर्व एशिया, भारत, चीन, नेपाल तथा अफ्रिका, युरोप, अष्ट्रेलिया र वेस्ट इन्डिज हुँदै सम्पूर्ण विश्वभर फैलिएको छ।
४) खेति प्रविधि:
क) हावापानी र माटो:
- उष्णकटिबंधीय र उप-उष्णकटिबंधीय, न्यानो, आर्द्र हावापानीमा यो वनस्पतिको राम्ररी सप्रिन्छ।
- समशीतोष्ण हावापानीमा पनि राम्रै प्रतिफल दिएको पाइएको छ।
- मज्जाले घाम लाग्ने र वार्षिक 150 देखि 200 सेमी वर्षा हुने क्षेत्र घिउकुमारीको लागि उपयुक्त मानिन्छ।
- हिउँ तथा असिनाले बिरुवालाई नोक्सान पुर्याउन सक्छ।
- बलौटे दोमट माटो यसको लागि सबैभन्दा उपयुक्त हुन्छ।
- थोरै अम्लीय (pH 8.5 सम्मको) माटो घिउकुमारीको लागि उपयुक्त मानिन्छ।
ख) प्रजनन:
- यसलाई root sucker र rhizome cutting बाट प्रजनन गर्न सकिन्छ।
- जमिनको तयारी: १-२ पटक जोतेर माटो धुल्याउने र जमिन सम्याउने साथै झारहरु हटाउने।
- रोप्ने समय: यसलाई वर्ष भरि जुन सुकै समयमा रोप्न सकिन्छ।
- बिरुवादर: १२००० देखि १७००० विरुवा प्रति हेक्टर
- रोप्ने दुरी: पङ्क्ति x विरुवा = 50x25 सेमी वा 60 x 30 सेमी वा 60 x 45 सेमी
ग) मलखाद:
८-१० quintal प्रति हेक्टर गोबरमल; ६०:४०:४० किलो नाइट्रोजन, फस्फोरस र पोटासियम प्रति हेक्टर प्रयोग गर्ने।
घ) सिँचाइ:
सामान्य रूपमा ४-५ पटक सिँचाइ उपयुक्त हुन्छ। सुख्खायाममा भने ८-१० पटक सिँचाइ गर्नु पर्दछ। विरुवाको फेदमा पानी जम्न दिनु हुँदैन।
ङ) अन्तरवाली कार्यहरू:
३-४ पटक गोडमेल गर्ने, घिउकुमारीको जरा कमजोर हुने भएकोले माटो उकेरो लगाउनुपर्छ। झारलाई काटेर वा पराललाई बिचमा मल्चको रूपमा फैलाउनु पर्छ।
५) बाली काट्ने समय र उपज:
- घिउकुमारी पूर्ण रूपमा परिपक्व हुन १८-२४ महिना लाग्छ।
- वर्षमा ४ पटक सम्म फसल काट्न सकिन्छ।
- प्रत्येक पटक फसल लिँदा एउटा बिरुवाबाट ३ वटा पातहरू काटिन्छ।
- मुल बिरुवालाई चोट पटक नलाग्ने गरि फसल लिनु पर्दछ।
- बार्षिक उत्पादन १२०००० - १८०००० केजी प्रति हेक्टर सम्म हुन्छ।
- राम्रो व्यवस्थापन गरिएमा २० टन प्रति हेक्टर सम्म उत्पादन लिन सकिन्छ।
- विरुवा रोपेको दोस्रो वर्ष देखि ५ वर्ष सम्म उत्पादन लिन सकिन्छ।
६) रसायनिक मुल्यांकन:
- घिउकुमारीमा प्रमुख रुपमा Aloin तत्व पाइन्छ।
- यसमा अन्य तत्वहरूको रुपमा Aloesin, Aloesone, Barbaloin, Aloeemodin, Aloetic acid, Homonataloin, Choline, Chrysamminjo acid, Galacturonic acid, mucopolysaccharide हरु, free anthraquinone हरु र resin हरु पाइन्छ।
- साथै घिउकुमारीमा A, B1, B2, B6, B12, C र E भिटामिनहरु पाइन्छ।
७) औषधीय प्रयोग:
- घिउकुमारीले आगोले पोलेको र अन्य छालाको घाउहरू निको पार्न मद्दत गर्दछ।
- घिउकुमारीलाई छालाको हाइड्रेटिंग गर्न, रिजुभिनेटिङ गर्न र टोनिंगको गर्नका लागि प्रयोग गर्न सकिन्छ।
- घिउकुमारीलाई मोइस्चराइजर र एन्टी-इरिटेन्टको रूपमा प्रयोग गर्न सकिन्छ।
- कस्मेटिक कम्पनीहरूले पनि मेकअप, टिस्यु, मोइस्चराइजर, साबुन, सनस्क्रिन, धूप, शेभिङ क्रिम वा शैम्पू जस्ता उत्पादनहरूमा सामान्यतया घिउकुमारीको रस वा अन्य डेरिभेटिभहरू थप्छन्।
- रगत शुद्ध गर्न बिरुवाका केही भाग चपाएर खाने गरिन्छ ।
- यसको रसलाई ब्ल्याक कफीमा उमालेर नौवटा कडा कप बनाएर पिएमा गर्भपतन गराउन सकिन्छ।
- यसको पातको रसमा थोरै अफिम मिसाएर निधारमा लगाउनाले टाउको दुख्ने समस्याबाट मुक्ति मिल्छ।
- घिउकुमारीको जेलमा एन्टिफंगल, एन्टिब्याक्टेरियल र एन्टिभाइरल गुण हुन्छ र यसले साना घाउहरू निको पार्न मद्दत गर्दछ।
- कलेजो सम्बन्धी समस्या – बेसारको धूलो मिसाएर दिनको दुई पटक यसको रस सेवन गरेमा फाइदा मिल्छ।
- पिसाब फेर्न गाह्रो हुने – यस अवस्थालाई कम गर्नको लागि समय समयमा लगातार पातलो घिउकुमारीको रस पिउनुपर्छ
- घाउमा - घिउकुमारीको पात उमालेर पातको भित्री भाग घाउमा लगाएमा घाउ छिटो निको हुन्छ।
- जन्डिस – जन्डिस नियन्त्रण गर्न नाकको प्वालमा घिउकुमारीको रसको केही थोपा राखेमा सन्चो गर्छ।
लेखक: श्रीराम अधिकारी
AFU, सातौं ब्याच
No comments:
Post a Comment