Shreeram Adhikari

Hello, Welcome to my diverse blog.

Search🔍

Sunday 23 August 2020

Wifi के हो? Wifi ले कसरी काम गर्छ? What is wifi? How does wifi work? (नेपालीमा) (in Nepali)

Wifi के हो? यसले कसरी काम गर्छ? (नेपालीमा)

वाईफाई भनेको के हो? यसले कसरी काम गर्छ? नेपालीमा / How WiFi works?


जब तार बिना नै हाई स्पीड इंटरनेट वा हाई स्पीड डाटा ट्रांसफरको कुरा आउँछ, तब सबैको दिमागमा आउने एउटै नाम हो वाइफाइ (wifi)। हामी विगत केहि वर्षदेखि मात्र wifi चलाउन थालेका हौँ। वाइफाइ (WiFi) को आविष्‍कार John O’Sullivan र John Deane ले सन् 1991 मा गरेका थिए। त्यस बेला देखि नै हाम्रो इलेक्ट्रोनिक जिन्दगीमा नयाँ आयाम थपियो। 

के तपाईले विचार गर्नु भएको छ, तपाइँले आजको दिन सम्म wifi प्रयोग गरेर कति डाटा खर्च गर्नुभयो? कतै तपाईँ झुक्किनु त भएन, मैले मोबाइल डाटाको कुरा गरेको हैन नि। हामीले इन्टरनेट मार्फत जे जति काम गर्छौँ त्यो सबै डाटाकै रुपमा आदानप्रदान हुने गर्दछ। आजकल घर-गृहस्थ कामकाज, कार्यालय, विद्यालय, मनोरंजन लगायत लगभग सबै ठाउँमा wifi को प्रयोग हुन्छ। 
त्यसो भए के तपाईँलाई थाहा छ त, Wifi के हो? (Wifi ke ho?) वाईफाईले कसरी काम गर्छ? (Wifi le kasari kaam garchha?)

आजकल तपाईँले हरेक इलेक्ट्रोनिक उपकरणहरू जस्तै कम्प्युटर, ल्यापटप, मोबाइल, घरायसी इलेक्ट्रोनिक सामानहरू र अन्य धेरै यन्त्रहरूमा wifi को सुविधा पाउनुहुनेछ। वाइफाइले यी सबै उपकरणहरु बीच दुई तर्फी connection गराउँछ, जसले गर्दा ति उपकरणहरु सजिलै र उपयुक्त तरिकाले काम गर्न सक्छन्। के तपाईंले कहिल्यै सोच्नुभएको छ, वाईफाई के हो? यसले कसरी काम गर्छ र यसको पछाडिको science के हो?

Wifi ke ho? (वाइफाइ के हो?), What is wifi in Nepali.


Wifi एक तार-रहित नेटवर्किड़ टेक्नोलोजी (Wireless Networking Technology) हो। सामान्यतया यो एक वायरलेस नेटवर्किंग सुविधा हो, जुन हामीसामु WLAN अर्थात Wireless Local Area Network को रूपमा प्रचलित छ। Wifi ले रेडियो तरंगहरू (Radio waves) को प्रयोग गरि बिना तार नै हाई-स्पीड इन्टरनेट र नेटवर्क कनेक्शन प्रदान गर्दछ। 

Wifi ले कसरि काम गर्दछ? How does wifi work?


-वाइफाइले रेडियो तरंग (Radio Waves) को मदतले डाटाहरुको आदानप्रदान गरि काम गर्दछ।
बुझ्नुभएन?
Radio Waves को बारेमा बुझ्नु भन्दा पहिला तपाईँले इलेक्ट्रोम्याग्नेटिक वेभ (electromagnetic wave) को बारेमा बुझ्नुपर्ने हुन्छ। 
- इलेक्ट्रोम्याग्नेटिक वेभ भनेको शक्ति प्रसारणको स्वरुप हो। यसै स्वरुप मार्फत् धेरै प्रकारका शक्तिको प्रसारण हुने गर्दछ। हामीलाई हेर्न सहयोग गर्ने दृश्य-प्रकाश शक्ति पनि यहि इलेक्ट्रोम्याग्नेटिक वेभकै रुपमा हुन्छ। प्रकाश मात्र हैन; माइक्रोवेभ ओभनमा प्रयोग हुने माइक्रो-वेभ; लेजर लाइटमा प्रयोग हुने इन्फ्रारेड-रे; एक्सरे मेसिनमा प्रयोग हुने एक्स-रे; क्यान्सर फैलाउन सक्ने अल्ट्रा-भायोलेट रे; टिभी, रेडियो, वाइफाइ, मोबाइल सिग्नल, आदि प्रसारण हुने रेडियो वेभ तथा बैज्ञानिक काममा प्रयोगहुने गामा रे; इत्यादि सबै इलेक्ट्रोम्याग्नेटिक वेभकै रुपमा प्रसारण हुन्छ। 
हाम्रो वाइफाइको राउटरबाट पनि यस्तै अदृश्य रेडियो वेभ निस्किरहेको हुन्छ जसले हाम्रा डाटा ट्रांसफर गर्ने काम गर्दछ ।
वेभको बारेमा त केहि बुझ्नुभयो होला, तर वेभ मार्फत सिग्नल कसरी जान्छ त? हामीले वेभ सिग्नल मार्फत के पठाउने र पाउने गर्छौँ त?

हामीले प्रयोग गर्ने जुन सुकै electronic devices ले प्रायः binary language को सहायतामा काम गर्दछन्। हामीले आफ्नो डाटा ट्रांसफर गर्दा पनि रेडियो वेभ मार्फत यहि बाइनरी कोडको रुपमा ट्रांसफर गर्छौँ। 

उदाहरणको रुपमा यो प्रसंग हेरौँ।
तपाईँले आफ्नो साथीलाई एउटा फोटो पठाउनु भयो, तर अब त्यो फोटो कसरी साथीको मोबाइल सम्म पुग्छ त? के फोटो हावामा उडेर जान्छ त?

- हैन, जब तपाईँले फोटो पठाउँदा send button थिच्नुहुन्छ, तब त्यो फोटो स-साना टुक्रा जस्तै भइ बाइनरी कोडमा परिवर्तन हुन्छ। बाइनरी कोड 0 र 1 को combination बाट बन्दछ। त्यहि बाइनरी कोड तपाईँको मोबाइलबाट रेडियो वेभ को रुपमा वाईफाईको राउटर सम्म पुग्दछ। अब राउटरले त्यो बाइनरी कोडलाई इन्टरनेटको समुदायमा पुर्याउँदछ। अब तपाईँको साथीको मोबाइल जुन राउटरसँग जोडिएको छ, त्यहि राउटरले उक्त कोड समात्दछ र तपाईँको साथीको मोबाइल सम्म पुर्याउँछ। मोबाइलमा पुगिसकेपछि त्यो कोड पुनः फोटोकै रुपमा परिवर्तन हुन्छ र तपाईँको साथीले फोटो हेर्न सक्नु हुन्छ।

रेडियो वेभ हुँदै प्रसारण हुने बाइनरी कोडहरुलाई हामीले देख्न सक्ने भए हामीले आफ्नो मोबाइलबाट कोडहरु आउँदै-जाँदै गरेको दैख्थ्यौं। कस्तो रमाईलो हुन्थ्यो होला हैन, विश्वभरिका मानिसले पठाउँदै र पाउँदै गरेका रेडियो वेभहरु हेर्न पाउँदा।

तपाईँलाई यो लेख कस्तो लाग्यो? कृपया कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया दिनुहोला।


तपाईँलाई यि लेखहरु पनि मन पर्छ होला।



TV हेरिरहँदा कहिलेकाहिँ स्क्रिनमा कोड नम्बर देखाउँछ, त्यो के हो? त्यो किन देखाउँछ? (नेपालीमा)


नेपाली समाजमा प्रचलित केहि अन्धविस्वासहरु

धन्यवाद!!!

No comments:

Post a Comment