Truecaller के हो? यसले कसरी काम गर्छ? के truecaller चलाउन सुरक्षित छ? What is truecaller? How does it work? Is it safe to use truecaller?
Truecaller के हो?- सायद यसको बारेमा नसुनेको कमै होलान्। आजकल जो सँग स्मार्ट-फोन छ र सधै इन्टरनेटको पहुँच छ, ति प्राय सबैको मोबाइलमा यो एप रहेको हुन्छ। नहोस पनि कसरी, यो ट्रुकलर एपको उपयोगीता नै यति धेरै छ। कतिपय व्यक्तिलाई truecaller को बारेमा जानकारी पनि छैन होला, यदि केहि मात्रामा छ भने पनि त्यहि यस मार्फत हामी अनजान नम्बर (unknown number) पत्ता लगाउन सक्छौँ, अनि त्यो नम्बर कुन ठाउँको हो, कुन टेलिकम सर्भिसको हो, भन्ने मात्र। यो ट्रुकलर उपयोगी त छदैँ छ, तर हरेक चिजको फाइदा सँगै केहि बेफाइदा पनि लुकेको हुन्छ। त्यसैले हामी सबैको मनमा प्रश्न आउन सक्छ, कि ट्रुकलर के हो? (truecaller ke ho?) ट्रुकलरले कसरी काम गर्छ?(Truecaller le kasari kaam garchha?) ट्रुकलर चलाउन safe छ कि छैन?(Truecaller chalauna safe chha ki chhaina?)
आउनुहोस्, आज हामी यहि truecaller को बारेमा चर्चा गर्नेछौँ।
ट्रुकलर के हो?(True caller ke ho?) What is truecaller?
Truecaller एउटा डिजिटल ग्लोबल फोनबुक हो जसलाई हामी web वा app मार्फत प्रयोग गर्न सक्छौँ। यो एउटा यस्तो application हो, जसले तपाईँलाई तपाईको स्मार्टफोनमा आउने unknown number को कलको बारेमा जानकारी दिन्छ। यो एप मार्फत तपाईँले लगभग सबै unknown call को बारेमा जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
यो application एक प्राइभेट कम्पनी True Software Scandinavia AB ले बनाएको हो। जसको उद्देश्य भनेको एउटा यस्तो Global Digital Phonebook बनाउनु हो जहाँ पुरा बिश्वकै व्यक्तिहरुको फोन नंबर रहोस्। जसको मदतले Truecaller प्रयोगकर्ताले आफ्नोमा आउने हरेक unknown number सजिलै थाहा पाउन सकुन्।
ट्रुकलरले कसरी काम गर्छ?(True caller le kasari kaam garchha?) How does truecaller work?
Truecaller ले डाटा संकलन गर्नको लागि crowd source को प्रयोग गर्दछ। जब हामी Truecaller मा signup अथवा यो App आफ्नो मोबाइल मा install गर्दछौँ तब यसले हामीसँग केहि अनुमति permission माग्दछ। त्यहि permission मध्यको एक हो Contact Access को permission। जब हामी यस permission लाई Accept वा Allow गर्दछौँ तब यो truecaller ले हाम्रो मोबाइलमा save भएको सबै contacts हरुलाई हेर्न र आफ्नो सर्भरमा save गर्न सक्दछ। साथै truecaller ले हाम्रो फोनमा save भएको सबै contact हरुलाई आफ्नो सर्भरमा save गर्दछ।
यसै गरि Truecaller सँग हामी सबैको नाम र फोन नम्बर save हुँदछ। अब Truecaller मा तपाईले कसैको नम्बर search गर्नुभयो भने अथवा कुनै unknown number बाट तपाईँलाई फोन आयो भने, Truecaller ले त्यो नम्बर पहिला आफ्नो सर्भरमा खोज्दछ। त्यसपछि truecaller को सर्भरमा त्यो नम्बर जुन नामले सेभ रहेको हुन्छ, त्यहि नाम incoming call मा अथवा search result मा देखाइदिन्छ।
यदि तपाईले truecaller प्रयोग गरिरहनु भएको छ भने तपाईले बिचार गर्नुभएको होला, कतिपय unknown number बाट फोन आउँदा व्यक्तिको नामको सट्टा नाता-गोताको रुपमा देखाउँछ। जस्तै ठुलो मामा, कान्छो भाई, भान्दाई, सानीमा वा कसैको nickname हरु। नेपालमा प्राय: नातागोताको नम्बरहरु नाताकै नाममा सेभ गरिन्छ, अनि जब Truecaller ले हाम्रो contact access गर्दछ, तब जुन नामले हाम्रो मोबाइलमा नम्बर सेभ भएको हुन्छ, त्यहि नाम उसले पनि आफ्नो सर्भरमा सेभ गर्दछ।
त्यसो भए,
एउटै नम्बर फरक फरक मोबाइलमा फरक फरक नाममा सेभ गरेको होला अनि यस्तो अवस्थामा truecaller ले कुन चैँ नाम देखाउँछ त?) Which name does truecaller show if same number is saved in different devices with different names?
Truecaller को बारेमा यति जानकारी थाहा पाइसकेपछि तपाईको मनमा यो प्रश्न आउनु स्वभाविक नै हो। यस्तो अवस्थामा truecaller को server मा उक्त नम्बर सबैभन्दा पहिले जुन नाम सहित आउँछ, त्यहि नाममा सेभ हुन्छ र सर्च रिजल्टमा पनि त्यहि देखाउँछ । साथै यदि एउटै नम्बर धेरै जनाको contact list बाट truecaller ले पायो भने ति नामहरु मध्ये धेरै पटक दोहोरिएको नाम वा असली नाम जस्तो देखिने नाम चाहिँ truecaller ले आफ्नो सर्भरमा सेभ गरि अरु नाम हटाइदिन्छ।
अब तपाईको मनमा फेरि अर्को जिज्ञासा आयो होला कि, आफ्नो नम्बर truecaller मा के नामले सेभ भएको होला भन्ने। तपाईले आफ्नो नम्बर truecaller app अथवा www.truecaller.com मा गएर सर्च गर्न सक्नुहुन्छ। साथै तपाईलाई उक्त नाम मन परेन, अथवा अर्को नाम राख्न चाहनुहुन्छ भने पनि तपाईले truecaller मा आफ्नो नाम परिवर्तन गर्न सक्नुहुन्छ।
Truecaller को बारेमा पुरै clear भइयो।
ReplyDelete