नेपाली समाजमा प्रचलित केही अन्धविस्वासहरु:- हाम्रो नेपाली समाज अनेक संस्कृती, रितिरिवाज, परम्परा र सामाजिक प्रथाहरुले भरिपूर्ण छ। हाम्रा यस्तै सामाजिक मूल्य र मान्यता भित्र पनि कैयौ कुरिति, कुप्रथा र अन्धविस्वासहरुले जरा गाडेर बसेको छ। आज हामी यस्तै नेपाली सामाजमा चलिआएको अन्धविस्वासहरुमा एक नजर लगाउने छौ।
Click here to read this article in English.
नेपाली समाजमा यस्ता अन्धविस्वासहरुले कहिले देखि जरा गाड्न सुरु गरे, त्यसको प्रमाण भने अझै कसैसँग छैन। तै पनि यस्ता अन्धविस्वासहरु मानव सभ्यता र हाम्रो संस्कृतिको विकासक्रमसगै लुकिछिपी विकास हुँदै आएको मानिन्छ।

हुन त ऊ बेलाका ठूलाबडा र विद्वानहरुले सामाजिक मूल्य-मान्यता र सामाजिक व्यवहारका नियमहरु बनाउने क्रममा केहि यस्ता नियमहरुको निर्माण गरेका होलान्। तर पछि त्यहि नियमहरुको गलत प्रयोग र व्यवहारले यिनिहरु अन्धविस्वासको रुपमा मौलाउँदै गयो र अहिले हामीलाई यि अन्धविस्वासहरु सुन्दा पनि हाँसो उठ्छ।
हुन त कतिपय अन्धविस्वासका नियमलाई मध्यनजर गर्ने हो भने उक्त नियमहरु त्यसबेलाको अवस्थामा बैज्ञानिक रुपले पनि सहि देखिन्छ। उदाहरणको लागि एउटा चलिआएकै अन्धविस्वासको नियमलाई लिऔँ।
"महिनावारी भएको महिलाले पुजाकोठा, मन्दिर, भान्साकोठा र ब्रतबन्ध गरेको पुरुषलाई छुनु हुँदैन।"
यो नियम सुन्दा अचम्म र दुखित दुबै बनाउँछ। हामीले अहिलेको बैज्ञानिक युगको हिसाबले सोच्यौँ भने महिनावारी भनेको एउटा सामान्य मासिक प्रकृया हो र महिनावारी भएकि महिलालाई अन्य सामान्य बेला जस्तै हेरिनु पर्छ भन्ने सोच्छौ। त्यो सोचाइ हुनु पनि पर्छ।
तर एक पटक अहिलेको बैज्ञानिक युगलाई छोडि त्यो युगको तरिकाले सोचौँ त, जब यो नियमको विकास भएको थियो। त्यसबेला अहिले जस्तो सरसफाइका सामाग्री र सेनेटरी प्याड जस्ता सामाग्री थिएन जसले गर्दा शरिरबाट निस्किएको मृत कोषहरु (Dead cells) हरुले संक्रमण र रोगहरु फैलाउने डर हुन्थ्यो। पुजा कोठा र मन्दिर भनेको मनलाई शान्ति प्रदान गर्ने ठाउँ हो र मनको शान्तिको लागि सफा र संक्रमण रहित हुनुपर्छ। सायद यसै कारणले महिनावारी भएकि महिलालाई पुजाकोठा र मन्दिरमा रोक लगाइएको हुनुपर्छ।
भान्साकोठामा प्रवेश निषेधमाथि पनि यहि सरसफाइकै कारण हुनुपर्छ। साथै उक्त समयमा महिलालाई सारिरिक र मानसिक दुबै पिडा हुने भएकोले उनिहरुको आरामको लागि भान्साको काममा रोक लगाइएको हुनुपर्छ।
अब ब्रतबन्ध गरेको पुरुषलाई छुन नहुने तथ्यको बिषयमा पनि कुरा गरौँ। सामान्यतः पुरुषको बाल्यावस्था सकिएपछि र किशोरावस्था सुरु भएपछि ब्रतबन्ध गरिन्छ। यस किशोरावस्था सुरु भए सँगै पुरुष र महिलामा यौन चाहना बढ्दछ। यदि महिनावारी भएकि महिला र पुरुष संगै रहने बस्ने गर्दा दुबैको सहमतिमा यौन क्रियाकलाप हुन सक्दछ र जसले गर्दा पछि स्वास्थ्यमा समस्या देखिन सक्छ। अनि महिलाले आफूलाई गाह्रो हुँदाहुँदै पनि पुरुषप्रधान समाजमा पुरुषको एकलौटि चाहनाले यौन क्रियाकलापमा सहभागि हुन बाध्य हुन पनि सक्छन्। अझ महिलाको त्यस्तो पिडा युक्त कमजोर अवस्थाको फाइदा लुट्नेहरुको त कुरै नगरौं। त्यसैले पुरुषले महिलालाई र महिलाले पुरुषलाई छुनु हँदैन भन्ने नियम पनि यसै कारण रहन गएको हुनुपर्छ।
साथै त्यसबेला अहिले जस्तो कानुन र उचित सजायको व्यवस्था थिएन त्यसैले यस्ता नियमहरु पालना गर्न गराउन भगवानको नामको मद्दत लिइन्थ्यो किनभने त्यसबेला मानिसहरु सबै भन्दा बढि भगवान, पाप-धर्म र अदृश्य शक्ति संग डराउँथे।
तर अहिलेको कुरा गर्ने हो भने हामी सँग उचित सरसफाइका सामाग्री छन्, औषधि उपचार छ, उचित कानुन र दण्डको व्यवस्था छ। त्यसैले पहिलाको अवस्था र नियमलाई बिर्सिएर महिनावारीलाई अहिलेको बैज्ञानिक युगको तरिकाले सोचेर ति सबै निषेध गरिएका ठाउँहरु खुल्ला गर्नुपर्छ।

...........................................................
यो त भयो हाम्रो समाजमा रहेको एउटा अन्धविस्वासको सुरुवातको कारण। यस्ता थुप्रै अन्धविस्वासहरुको सुरुवातको कारण पनि उपयुक्त नै छ। तर कतिपय हाम्रो समाजमा चलिआएको अन्धविस्वासहरुको भने न कुनै आधार छ, न त कुनै कारण नै छ। यत्तिकै समाजले मान्दै आएको छ। हामी पनि त्यस अन्धविस्वासहरुको पछाडिको कारण नबुझी कनै त्यसलाई मान्दै आएका छौँ।
साथै यस लेखमा मैले हाम्रो समाजमा चलिआएको केहि अन्धविस्वासहरुको सूचि बनाएको छु।
- राती ऐना हेर्यो भने चाँडै बुढो भइन्छ।
- राती ऐना हेर्यो भने बुढि स्वास्नी / बुढो पोइ पर्छ।
- राती कपाल कोर्यो भने भुतले तर्साउँछ।
- राती दाँत हल्लायो वा फुकाल्यो भने जवानीमै सबै दाँत झर्छ।
- आगो खेलायो भने ओछ्यानमा पिसाब गरिन्छ।
- पनिउँ / डाडु चाट्यो भने, बिहेको दिन पानी पर्छ।
- फुटेको ऐना हेर्यो भने भाग्य फुट्छ।
- बिरालोले बाटो काटे अशुभ हुन्छ।
- छेपारोले बाटो काटे अशुभ हुन्छ।
- सर्पले बाटो काटे शुभ हुन्छ।
- कुनै पनि बिरुवाको फूल्न लागेको फूल वा चिचिलो फललाई चोरिऔँलाले देखाएमा त्यो फूल वा फल कुहिन्छ। त्यसलाई देखाउन परेमा बुढिऔँलालाई चोर औँला र माझिऔँलाको बिचमा राखेर देखाउनु पर्छ।
- मरेको लासलाई औँलाले देखायो भने औँला कुहिन्छ, यदि झुक्केर देखाइहालियो भने औँला टोक्नुपर्छ।
- कसैलाई खुट्टाले नाघ्यो भने त्यसको उचाई बढ्दैन।
- धानको भकारीमा गएर करायो भने घरको सह जान्छ / अलच्छिना लाग्छ।
- धेरै हाँस्यो भने पछि रुनु पर्छ।
- सुतेर खनेकुरा खायो भने अर्को जन्ममा सर्प भइन्छ।
- दुइ जनाले घाँस काट्दा काट्दै हँसिया साट्यो भने हात काट्छ।
- खाने बेलामा बोल्यो भने वा गीत गायो भने पढ्न आउँदैन।
- बाटोमा पिसाब गरे आगो बाल्दा धुवाँ आफूतिर आउँछ।
- कुकुरले राती लामो आवजमा वा रोएको आवाजमा करायो भने गाउँमा छिट्टै नराम्रो घटना घट्छ।
- राती काग करायो भने गाउँमा छिट्टै नराम्रो घटना घट्छ।
- दिउसो स्याल करायो भने गाउँमा छिट्टै नराम्रो घटना घट्छ।
- पुतलीको पखेटाको धुलोको टिका लगाए पैसा भेटिन्छ।
- देब्रे हत्केला चिलायो भने पैसा भेटिन्छ।
- दाहिने हत्केला चिलायो भने कुटाई खाईन्छ।
- पैताला चिलायो भने घुम्न जान पाइन्छ।
- नड़्ग फुल्यो भने नयाँ कपडा पाइन्छ।
- देब्रे आँखा फर्फरायो भने नयाँ मान्छे भेटिन्छ।
- बिहान आगो भर्भरायो भने घरमा पाहुना आउँछन्।
- बेलुका आगो भर्भरायो भने घरमा भुत/बक्सी आउँछन्।
- महिनावारी भएको महिलाले पुजाकोठा, भान्साकोठा र ब्रतबन्ध गरेको पुरुषलाई छुनु हुँदैन।
- महिनावारी भएको महिलाले फलफूल छोए फलफूल नै कुहिन्छ।
- खोलामा पिसाब गरे यौनाड़्गमा घाउ हुन्छ / सुन्निन्छ।
- जुठो हात माथी गरे अलच्छिन हुन्छ।
- कौडा / जुवा खेल्दा सबै कौडा घोप्टियो भने चाँडैनै घरमा नराम्रो घटना घट्छ।
- जन्मबार र जन्ममहिनामा कपाल वा नड़्ग काटे आयु घट्छ।
- घर भित्र सुसेल्यो भने / सिट्टी बजायो भने घरमा भुत आउँछ।
- कतै हिड्न लाग्दा हाच्छ्युँ गर्यो भने साइत बिग्रिन्छ।
- कतै हिड्न लाग्दा खाली गाग्रो देख्यो भने साइत बिग्रिन्छ।
- कतै हिड्न लाग्दा कसैले "कहाँ जान लाग्या?" भनेर सोध्यो भने साइत बिग्रिन्छ। तर "टाढै?" भनेर सोध्यो भने केहि हुन्न।
- शनिबार यात्रामा निस्किए अशुभ हुन्छ।
- एकैचोटि घरबाट तिनजना बाहिर यात्रामा निस्किए अशुभ हुन्छ।
- ग्रहण लागेको बेला, खाना खान हुन्न; यात्रामा निस्कन हुन्न; केहि सामान किन्न हुन्न।
- साँझको बेला, खान हुन्न; पढ्न हुन्न; सुत्न हुन्न; रुन हुन्न; यदि यो चार काम गर्यो भने घरको लक्ष्मी जान्छिन।
- नाड़्लोले हावा लियो भने अलच्छिना लाग्छ।
- कुच्चो ठाडो पारेर राख्यो भने अलच्छिना लाग्छ।
- दुइटा कुचो संगै टासेर राख्यो भने अलच्छिना लाग्छ।
- सिरानी मुनि फलामको धारिलो सामान (खुर्पा, खुकुरी, चक्कु, आदि) राख्यो भने नराम्रो सपना देखिन्छ।
- ओच्छ्यानमा बसेर खाना खायो भने नराम्रो सपना देखिन्छ।
- सिरानी माथि बस्यो भने सुत्दा टाउको दुख्छ।
- घर बढार्न लाग्दा आधा मात्र बढारेर छोड्यो भने टाउको दुख्छ।
- झुक्किएर बांगो टिका लाग्यो भने भाग्यमानी हुन्छ।
- तामाको भाँडालाई खुट्टाले छोयो भने वा नाघ्यो भने बिहान उठ्दा घाँटि दुख्छ।
- कुच्चोलाई खुट्टाले छुनु हुँदेन।
- कपडाले कसैलाई पनि हिर्काउन हुँदैन, नत्र सप्किना लाग्छ। यदि झुक्किएर हिर्कायो भने उक्त कपडाको एउटा धागो चुडेर धागोमा थुकेर फाल्नु पर्छ।
- नौ दिन वा नौ महीना पर्नेगरि कुनै पनि ठाउँमा पुनः जान हुँदैन।
- कसैसँग छुट्टिँदा, चिनोको रुपमा रुमाल दिए फेरी भेट हुने सम्भावना घट्छ।
- चप्पल उल्टो पारेर राख्यो भने वा देखियो भने अशुभ हुन्छ।
- खाना पस्किदा बिजोर पटक पस्किन हुँदैन।
- हातले घाँटिमा छोइयो भने हातमा फुक्नु पर्छ, नत्र गलगाँड आउँछ।
- कसैलाई पनि खुर्सानी वा चक्कु सोझै हातमा दिनु हुँदैन, नत्र झगडा पर्छ। यदि दिनै परे भुइँमा राखिदिने।
..........................................
तपाईँलाई नेपाली समाजमा प्रचलित केहि अन्धविश्वासहरु शिर्षकको यो लेख कस्तो लाग्यो? केहि प्रतिक्रिया भए अवस्य जानकारी दिनुहोला। यदि यि बाहेक पनि तपाईँलाई अन्य कुनै यस्तै नयाँ अन्धविस्वास थाहा भए तल कमेन्ट बक्समा हामीलाई भन्नुहोला।
धन्यवाद।
लेख राम्रो लाग्यो हजुर येस्तै थियो हाम्रो गाउघर को चाल चलन र छ पनि
ReplyDelete