गजल-1
रक्सीको नशा त के नशा तिम्रो नशा चढेपछी।हेर्दा हेर्दै लट्ठ यो दुनिया तिम्रो नजर परेपछी।
तिम्रो सुन्दरता कसरी पोखौ सब्दमा सम्भव छैन,
अप्सरा पनि सर्माउछ्न रे तिम्रो नजिक परेपछी।
तिम्रो रुप म के सङ्ग दाजौ छैन कुनै त्यस्तो चिज,
फुल पनि त सुक्दै जान्छ हावा ले पात झरेपछी।
खोला नाला नदि सागर दाजौ कि त झर्ना सङ्ग
यी पनि त सुक्दै जान्छ हिउद ले रिस गरेपछी।
जुन, तारा, चन्द्रमा छ्न दाजौ भने यिनै सङ्ग,
रात सङै हराइ जान्छ बिहान ले ठाउँ सरेपछी।
सामान्य त हैनौ तिमी केही त राज छ तिम्रो रुप को,
तिमी जन्मेको हुनु पर्छ पक्कै हजार परि मरेपछी।
©️ राजन नेपाली (असफल)
No comments:
Post a comment