Shreeram Adhikari

Hello, Welcome to my diverse blog.

Search🔍

Friday, 8 May 2020

मन छस् कता? / कविता/ Mann chhas kata? / Poem by Sunil Ghimire

man chaas kata poem by sunil ghimire, सुनील घिमीरेद्वारा रचित कविता - मन छस् कता?

मन छस् कता? कविता

मन छस् कता??
छस् कि छैनस्??
छस् भने पक्कै द्वन्द्वमा छस्
अन्तर्मनसङको द्वन्द्व !!

नत्र किन आफ्नै बिरोध गर्छस्
किन सहि कुरा गलत देख्छस् ?!
किन दुखी भएर सु:खद
नाटक मन्चनमा लाग्नुपर्छ!!

मन! त बसिदे मात्रै मेरो वसमा
राम्रो लाग्दैन ,उडि हिडेको..!
लाग्छ, अर्काको भाडाको
सामान बोकेर हिड्दै छु

फलामझैँ बोझ छातिमा छ
कपासझैँ हलौँ भएर
म कसरी हासौँ ?!
मलाई आजाद गरिदे

म मुक्त हुन चाहन्छु
माग्दै छु वस् एउटा रिहाई !!

©सुनिल घिमिरे

No comments:

Post a comment