QR-CODE
QR कोड ("Quick Response कोड") बारकोडको एक प्रकार हो जसमा थोप्लाहरूको म्याट्रिक्स हुन्छ। यो QR स्क्यानर वा मोबाइल को क्यामेराको प्रयोग गरेर स्क्यान गर्न सकिन्छ। एकचोटि स्क्यान भएपछि, उपकरणमा सफ्टवेयरले कोड भित्रका थोप्लाहरूलाई नम्बर वा अक्षरहरूमा रूपान्तरण गर्दछ। उदाहरण को लागी, तपाईको फोन मार्फत QR कोड स्क्यान गर्नाले तपाईको फोनको वेब ब्राउजरमा URL खुल्छ।सबै QR कोडहरुमा एउटा वर्ग आकार कोठा हुन्छ र तल-बायाँ, शीर्ष-बाँया, र शीर्ष-दायाँ कुनामा तीन वर्ग रूपरेखा समावेश हुन्छ। यी वर्गाकार कोठाहरुले कोडको रुपरेखा जनाउदछ। QR कोड भित्रका थोप्लाहरूमा ढाँचा र संस्करण जानकारीका साथै सामग्री आफैं हुन्छन्। QR कोडले त्रुटि सुधारको निश्चित स्तर पनि समावेश गर्दछ। L, M, Q, वा H को रूपमा परिभाषित गर्दछ। त्रुटि सुधारको एक कम मात्रा (L) ले QR कोडलाई अधिक सामग्री समावेश गर्न अनुमति दिन्छ, जबकि उच्च त्रुटि सुधार (H) ले स्क्यान गर्न सजिलो कोड बनाउँछ।
पारम्परिक UPC (bar code) हरूको तुलनामा QR कोडको दुई महत्वपूर्ण फाइदाहरू भएकाले आजकल बारकोडहरू सामान्य रूपमा खुद्रा प्याकेजिंगमा प्रयोग गरिन्छ।
QR कोड द्वि-आयामी भएकोले, तिनीहरूले एक आयामी UPC भन्दा अधिक बढी डाटा समावेश गर्न सक्दछन्। एक UPC ले अधिकतम 25 फरक वर्णहरू समावेश गर्न सक्दछ, जबकी एउटा 33×33 (version-4) QR कोडले 640 बिट्स वा 114 alphanumeric वर्णहरू समावेश गर्न सक्दछ। त्यस्तै एउटा 177×177 (Version-40) QR कोडले 23648 बिट्स वा 4296 वर्णहरू भण्डारण गर्न सक्दछ।
QR कोडको अर्को फाइदा यो पनि हो कि उनीहरूलाई स्क्रीनबाट स्क्यान गर्न सकिन्छ। UPC स्क्यानरहरु मार्फत बारकोडहरू स्क्यान गर्न लेजर प्रयोग गरिन्छ, यसको मतलब तिनीहरू सामान्य स्क्रिन(जस्तै स्मार्टफोन) बाट स्क्यान गर्न सकिँदैन। QR स्क्यानर कागजमा छापिएको वा स्क्रिनमा प्रदर्शन गरिएको 2D imageहरु क्याप्चर गर्न डिजाइन गरिएको हुन्छ जुन काम मोबाइलको क्यामराले पनि गर्न सक्छ। जसले गर्दा तपाईंको स्मार्टफोनमा QR कोडको प्रयोग गर्न सम्भव भएको छ।😲QR मा रुपान्तरण गरेर तपाईंले आफ्नो जुनसुकै डाटा पनि सुरछित राख्न सक्नुहुन्छ। जस्तै:- text, numbers, website url, photo, wifi password, dates, आदि।
😉😉यसै बिचमा म तपाईंलाई एउटा आस्चर्यको कुरा पनि सुनाउन चाहन्छु।
तपाईंलाई अहिले qr code को बारेमा जान्ने इच्छा भएजस्तै मलाई पनि कुनै समयमा qr code को बारेमा जान्ने र त्यसको प्रयोग गर्ने रहर थियो। सोहि अनुरुप मैले मेरा मनमा उठेका विचारहरुलाई qr कोडको रुपमा बदली सेब गरेर आफ्नो gallery मा राख्दथे। जसले गर्दा जो कोहिले सजिलै हेर्न र पढ्न पाउँदैनथे। अर्को रोमान्चक कुरा त के छ भने एक पटकको कुरा हो, मैले मेरो एउटा साथीसँग massanger मा कुरा गर्दा पनि सबै म्यासेजहरु QR code को रुपमा पठाउँथे। उसले पनि QR code कै रुपमा जवाब फर्काउँथ्यो। यसरी कुरा गर्दा हाम्रो म्यासेजहरु कसैले पनि सजिलै पत्ता लगाउन सक्दैनथे र हाम्रो म्यासेजहरु केहि रुपमा गोप्य रहन्थ्यो।
उदाहरणको लागि मैले यो website को url लाई qr code को रुपमा राखिदिएको छु ।
तलको qr code मा चाहिँ तपाईँहरुलाई एउटा special म्यासेज रहेको छ। मन भए र समय भए screenshot गरेर qr code स्क्यानर मार्फत स्क्यान गरेर कमेन्टमा त्यसको प्रतिक्रिया दिनुहोला। ☺😃
सरल भाषामा सबैले बुझ्ने गरी जानकारी गराइएको रहेछ। खुसी लाग्यो।
ReplyDelete