Shreeram Adhikari

Hello, Welcome to my diverse blog.

Search🔍

Saturday 28 March 2020

टिभी हेरिरहँदा कहिलेकाहिँ स्क्रिनमा कोड नम्बर देखाउँछ, त्यो के हो? त्यसको काम के हो?

टिभी हेरिरहँदा कहिलेकाहिँ स्क्रिनमा कोड नम्बर देखाउँछ, त्यो के हो? त्यसको काम के हो?

तपाईले टिभीमा कुनै कार्यक्रम जस्तै सिनेमा, टिभी सिरियल, खेलकुद म्याच, आदि हेरिरहँदा कहिलेकाहिँ नम्बरहरु र अक्षरहरू मिलेर एउटा कोड आएको विचार गर्नुभएको छ? त्यो कोड के हो र किन देखाउँछ भन्ने विषयमा कहिल्यै सोच्नुभएको छ? आउनुहोस्, आज म तपाईँलाई भन्नेछु, उक्त कोडको वास्तविक्ता।

यो चोरी (Piracy) रोक्नको लागि प्रयोग गरिने एउटा Digital Watermark हो। यदि तपाइँले कुनै चलिरहेको शो (जस्तै: सिनेमा, टिभी सिरियल, खेलकुद म्याच तथा अन्य प्रतिबन्धित शो) क्यामेराको प्रयोग गरेर रेकर्ड गर्नुहुन्छ र त्यसलाई इन्टरनेटमा अपलोड गर्नुहुन्छ भने, त्यो कोडको मदतले प्रसारकहरुले तपाईंलाई ट्र्याक गर्न सक्दछ। त्यो कोड नम्बर प्रत्येक Set top बक्सको लागि फरक फरक हुन्छ। साथै उक्त कोड कति बेला र स्क्रिनको कुन ठाउँमा देखाउँछ भन्ने कुरा कसैलाई थाहा हुँदैन।

यदि कोहि कसैले त्यस्तो क्रियाकलाप गरेको पाइएमा उक्त व्यक्तिलाई टिभी सेवा प्रयोग गर्न प्रतिबन्ध लगाउने तथा कानूनी कारबाहि समेत हुन सक्दछ।
यद्यपि त्यस कोडलाई धमिल्याउन (blur गर्न) सकिन्छ, तै पनि धेरै व्यक्तिहरूलाई यसको बारेमा थाहा हुँदैन र उनीहरू समातिन्छन्।

No comments:

Post a Comment