Shreeram Adhikari

Hello, Welcome to my diverse blog.

Search🔍

Monday, 3 February 2020

मेरो पहिलो माया / My first love / कविता / Poem / Shreeram Adhikari

मेरो पहिलो माया - तिमी,
हो तिमी नै हौ,
जसको सहरामा म अहिले
यस्तो ठाउँमा छु ।
हो तिमी सँग नै हो मेरो
पहिलो माया बसेको।
मलाई अझ सम्झना छ,
तिमी र म संगै हात समाएर हिडेको
कहिले मैले तिम्रो त कहिले तिमीले मेरो
मलाई थाहा छ,
र मलाई निकै खुसी नि लाग्छ
त्यो दिन सम्झेर
जुन दिन तिमीले मलाई
आफ्नो बुबा आमा सँग भेटायौ
हो निकै खुसी लाग्छ त्यो दिन सम्झेर
तर दुःख नि लाग्छ,
तिमीले भेटाए जसरी मैले भेटाउन पाइँन
तिमीले त मैले भेटाउनु पूर्व नै
मेरो परिवार सँग भेटिकन
चिनजान गरिसकेछौ।
थाहा छ मलाई,
मेरो र तिम्रो प्रेम नै
त्यहि चिनजानको उपज हो ।

आज हामी यति टाढा छौ,
बाध्यताले ।
तिम्रो र मेरो सपना पुरा गर्न
खुसी साथ जिन्दगी बिताउन
मन त मेरो नि थियो
सगैँ बस्ने
सगैँ रमाउने।
तिम्रै काखमा लुटपुटिने
तिम्रा मिठा मिठा कुरा सुन्ने
मेरा पनि केहि भन्ने।
तर बाध्यताले टाढिएका हामी
भौतिक रुपले टाढिए पनि
भावनाले हामी सगैं छौँ।

थाहा छ मलाई,
म तिम्रो पहिलो माया हुन सकिन,
तिमीले त म भन्दा पहिला नै
कैयौ सगँ प्रेम गर्यौ।
मलाई यो पनि थाहा छ कि
अहिले पनि थुप्रै प्रेमीहरु छन् तिम्रा,
तर कुनै अपसोच छैन मलाई,
किनकी मैले तिमीलाई चोखो माया गरेको छु।
किनकी तिमीले नै मलाई
माया गर्न सिकाएकी छौ।
मायाको अर्थ बुझाएकि छौ।
मायामा रम्न सिकाएकी छौ।
त्यसैले तिमीलाई म माया गरिरहने छु।
तिम्रा हरेक रोजाईलाई कदर गरिरहने छु।
तिम्रा हरेक प्रेमीलाई पनि माया र आदर गरिरहने छु।

म अझ हाम्रो माया प्रगाढ चाहन्छु।
अझ हाम्रो मायाको गाठो कस्न चाहन्छु।
किनकी
म जति माया तिमीलाई गर्छु,
त्यती अरुलाई गर्न सक्दिन।
म जति विश्वास तिमीलाई गर्छु,
त्यति अरुलाई गर्न सक्दिन।
मेरो पहिलो माया तिमी नै हौ "मेरी आमा"
तिमी बाहेक अरुलाई
मेरो पहिलो माया भन्न सक्दिन।


1 comment: