Shreeram Adhikari

Hello, Welcome to my diverse blog.

Search🔍

Sunday, 12 January 2020

जिन्दगीका केहि यथार्थहरु । Truth of life । Heart touching Nepali Quotes



Quote:- 1

जो पागल हुन्छन् , उनिहरुले इतिहास बनाउछन्।
बुद्धिमानी त केवल तिनीहरुको बारेमा पढेर मात्र बस्छन्।

Quote:- 2

मानिस असन्तोषी प्राणी हो। 
मानिससगँ कुनै पनि कुरा जति भए पनि पुग्दैन।

Quote:- 3

लामो समय देखि टुटेको नाता पनि गासिन्छ अनि कहिले जोड्न नसकेको सम्बन्ध पनि जोडिन्छ, बस कसैलाई तपाईसँग काम पर्नु पर्छ।

Quote:- 4

इज्जत कुनै व्यक्तिको होइन आवश्यकता हुन्छ,
आवश्यकता सकियो त इज्जत पनि सकियो।

Quote:- 5

जब मानिस अनपढ थिए परिवारमा एक भएर बस्थदे। 
मैले टुटेको र फैलिएको परिवारमा सधैँ पढे लेखेको मानिसलाई देखेको छु।

Quote:- 6

संसारमा कोही कसैको साँचो सम्बन्धी हुन्। 
मसानघाटमा आफ्नैले आफ्नालाई राखेर त सोध्ने गर्छन्, 'अझ कतिवेर लाग्छ?'


Quote:- 7

यदि जिन्दगीको यथार्थ थाहा पाउनु छ भने आर्यघाट जानुहोस्। सबै थाहा हुनेछ।

Quote:- 8

अनाथ आश्रममा गरिबको सन्तान हुन्छन् भने वृद्धाश्रममा धनिका आमाबुबा हुन्छन्।

Quote:- 9

संसारमा कोहि पनि मानिस गलत हुँदैन किनकी सत्यको परिभाषा हरेक सँग फरक हुन्छ।

Quote:- 10

आफ्ना संग यति धेरै पनि नरिसाउनुस् , कि पछि गएर बोल्नका लागि वाक्य हैन बहाना खोज्नु परोस्।

Quote:- 11

आफू भित्र नै सत्यता छैन भने यो स्वार्थि दुनियामा सत्य खोजेर कहिं पाइने छैन।

Quote:- 12

अक्सर आज-भोलि सम्बन्ध गलत मान्छेले होइन गलत बुझाइले टुट्ने गर्छ।

Quote:- 13

सबैले भन्ने गर्छन नि, पृथ्वी गोलो छ पालो सबैको आउँछ भनेर, यदि साच्चिकै त्यस्तो हुन्थ्यो भने त मन्दिर बाहिर भिक माग्नेहरु पनि कुनै दिन मन्दिरको पुजारी हुन्थे होला नि।

No comments:

Post a comment